मिस पोखरा -२०२४ बनिन् ‘सृष्टि’
पाेखरा | कात्तिक ११, २०८१
PHOTO: S2 PRODUCTION
पोखरा: गलकोटकी सृष्टि खड्काले ११ औं संस्करणको मिस पोखरा–२०२४ को ताज जितेकी छिन् ।
पोखरा १० काजीपोखरी निवासी खड्काले अन्तिम १६ प्रतिस्पर्धीलाई पछि पार्दै मिस पोखराको ताज जितेकी हुन् ।
उनले ताजसँगै स्कुटर र नगद ५० हजार पुरस्कार प्राप्त गरिन् । साथै उनी सिधैं मिस नेपालमा भाग लिन अवसर प्राप्त गरेकी छिन् ।
यस्तै, रेखा गैरे फस्ट रनर अप र जेसिका विश्वकर्मा घिमिरे सेकेण्ड रनर अप घोषित भइन् ।
उनीहरुले ताजसहित क्रमशः ३० हजार र २० हजार साथमा विभिन्न गिफ्ट ह्याप्पर प्राप्त गरे । रेखाले वेष्ट इन्टेलेक्टकोसमेत उपाधि जित्दा जेसिकाले वेष्ट ड्रेस तथा क्वाटवाक अवार्ड जितिन् ।
पोखरा जेसीजको आयोजना र इभेन्ट फर युको व्यवस्थापनमा ६ वर्षपछि मिस पोखरा भएको थियो ।
सो प्रतियोगिताको मुख्य निर्णायकमा सुवर्ण क्षत्री थिए भने, अन्य निर्णायकमा पूर्व सांसद एवं वरिष्ठ सौन्दर्यकर्मी मीना गुरुङ, अभिनेता सरोज खनाल, अभिनेत्री एलिजा गौतम, ला ग्राण्डीका प्रिन्सिपल किरण केसी, शेषराज भट्टराई, डा.रामजी शर्मा गरी ७ जना थिए ।
मिस पोखरा २०१८ भने सारा बजिमय बनेकी थिइन् ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

